एमाले बैठकमा बदलियो महासचिव पोखरेलको आसन

एमाले बैठकमा बदलियो महासचिव पोखरेलको आसन

काठमाडौँ। नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा महासचिव शङ्कर पोखरेलको आसन परिवर्तन भएको छ। बिहीबार बसेको बैठकमा पोखरेल यसअघिका बैठकमा जस्तो अध्यक्ष केपी शर्मा ओलीको छेउमा नभई उपाध्यक्षपछिको आसनमा बसेका छन्।

यसअघिका अधिकांश बैठकमा अध्यक्ष ओलीको छेउमै महासचिव पोखरेलको आसन रहने गरेको थियो। तर, बिहीबारको बैठकमा अध्यक्ष ओलीको एकातर्फ वरिष्ठ नेता विद्या भण्डारी र अर्कोतर्फ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को आसन राखिएपछि पोखरेल उपाध्यक्षभन्दा पछाडि बसेका हुन्।

बैठकमा ओलीको दायाँतर्फ वरिष्ठ नेता भण्डारी, त्यसपछि विष्णु पौडेल र गोकर्ण विष्ट बसेका थिए। विष्टपछि महासचिव पोखरेलको आसन राखिएको थियो। त्यस्तै, ओलीको बायाँतर्फ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, पीएस गुरुङ र रघुजी पन्त बसेका थिए। एमालेको बैठकमा यसअघि अध्यक्षसँगै महासचिवको आसन देखिँदै आएको भए पनि यसपटकको आसन व्यवस्थामा आएको परिवर्तनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार