नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आज हुने मतदान स्थगित, शुक्रबार हुने

नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आज हुने मतदान स्थगित, शुक्रबार हुने

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज तय गरिएको मतदान स्थगित भएको छ। मतपत्र छपाइमा ढिलाइ हुनुका साथै आवश्यक प्राविधिक तयारी पूरा नभएकाले आज निर्वाचन हुन नसकेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बताएका छन्। उनका अनुसार अब नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुने भएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार