• २०८३ असोज २३ गते शुक्रवार
  • Preeti To Unicode

कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने

कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने

काठमाडौं। नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा मतदानको समय दुई घण्टा थप गरिएको छ। केन्द्रीय निर्वाचन समितिले शुक्रबार दिउँसो सूचना जारी गर्दै मतदानको समय बढाइएको जानकारी दिएको हो। यसअघि बिहानदेखि सुरु भएको मतदानका लागि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको थियो। तर, मतदाताको सहभागिता र आवश्यकतालाई मध्यनजर गर्दै मतदानको समय थप गरी साँझ ५ बजेसम्म कायम गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार