• २०८३ असोज २७ गते मङ्गलवार
  • Preeti To Unicode

विवादास्पद अडियो प्रकरणमा सांसद खगेन्द्र सुनारलाई २४ घण्टे स्पष्टीकरण

विवादास्पद अडियो प्रकरणमा सांसद खगेन्द्र सुनारलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । विवादास्पद अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारलाई पार्टीको केन्द्रीय अनुशासन आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ। बागमती प्रदेशकी पूर्वराज्यमन्त्री रहेकी एक महिलामाथि आपत्तिजनक लाञ्छना लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो सार्वजनिक भएपछि सुनार विवादमा तानिएका हुन्। घटनाको सत्यतथ्य पत्ता लगाउन पार्टी महामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। आयोगका एक सदस्यका अनुसार सुनारको स्पष्टीकरण प्राप्त भएपछि थप प्रक्रिया अघि बढाइनेछ। यसैबीच, अडियो प्रकरणपछि सुनारमाथि कारबाही गर्न चौतर्फी दबाब बढेको छ भने पार्टीले उनलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार