• २०८३ असोज २७ गते मङ्गलवार
  • Preeti To Unicode

मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, अभियुक्त पक्राउ

मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, अभियुक्त पक्राउ

२७ असोज, मुगु। मुगुको छायानाथ रारा नगरपालिका–५ मा खुँडा प्रहारबाट ७५ वर्षीय धनवीर कामीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार स्थानीय ३२ वर्षीय अजविर कामीले धनवीरमाथि खुँडा प्रहार गरेका थिए। गम्भीर घाइते भएका धनवीरको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घटनापछि फरार रहेका अभियुक्त अजविरलाई प्रहरीले आजै रारा राष्ट्रिय निकुञ्जको जङ्गलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार