२७ असोज, काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न बेत्रावती पुगेकी छन्। उनले बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै फलाखु खोलामा निर्माण गरिएको बेलिब्रिजको समेत अवलोकन गरेकी छन्। गत १० भदौमा आएको बाढीले पुल बगाएपछि सडक विभाग र नेपाली सेनाले उक्त स्थानमा बेलिब्रिज सञ्चालनमा ल्याएका हुन्। बाढीका कारण क्षतिग्रस्त संरचनाको पुनःस्थापना तथा आवागमन सहज बनाउने प्रयास भइरहेका बेला भण्डारीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेकी हुन्।