• २०८३ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा अग्रस्थानमा, रामकृष्ण र गरिब दासबीच कडा प्रतिस्पर्धा

कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा अग्रस्थानमा, रामकृष्ण र गरिब दासबीच कडा प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेशी खुलातर्फको मतगणना जारी रहँदा अनिल रुंगटा २ हजार १५५ मतसहित अग्रस्थानमा रहेका छन्। रामकृष्ण यादव १ हजार ७३८ मतका साथ दोस्रो स्थानमा छन् भने डा. गरिब दास ठाकुर १ हजार ७३६ मतसहित तेस्रो स्थानमा रहेका छन्। रामकृष्ण र गरिब दासबीच मात्र दुई मतको अन्तर देखिएको छ। त्यस्तै, दिनेश यादवले १ हजार ५७८, जितेन्द्र देवले १ हजार ५३६, अशर्फी साहले १ हजार ५१४, अशोक कुमार शाहले १ हजार ३३९, उमेशचन्द्र यादवले १ हजार ३००, मिथलेश मिश्राले १ हजार १६९, जंगिलाल रायले १ हजार ८४, परमेश्वर साहले १ हजार ७०, श्रीप्रसाद राउतले ८१२ र लालबहादुर राउतले ७९६ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार