• २०८३ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

दसैँमा खसीको मासु अझै महँगिने, जिउँदो खसीको मूल्य किलोमै ९ सय रुपैयाँसम्म पुग्ने

दसैँमा खसीको मासु अझै महँगिने, जिउँदो खसीको मूल्य किलोमै ९ सय रुपैयाँसम्म पुग्ने

काठमाडौँ । यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा खसीको मासुको मूल्य बढ्ने देखिएको छ। खसीबोकाको उत्पादनमा कमी र बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा ढुवानीमा समस्या उत्पन्न भएकाले मूल्य बढ्ने अनुमान गरिएको हो। कलङ्कीस्थित चौपाया खरिद–बिक्री केन्द्रका अनुसार जिउँदो खसीको मूल्य प्रतिकिलो ८५० देखि ९०० रुपैयाँसम्म पुग्न सक्छ। हाल बजारमा खसीको मासु प्रतिकिलो १ हजार ७०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। यसैबीच, च्याङ्ग्राको मूल्य भने प्रतिकिलो १ हजार २५० देखि १ हजार ३५० रुपैयाँसम्म कायम छ। दसैँका लागि उपत्यकामा २२ देखि २३ हजार खसीबोका र करिब ४ हजार च्याङ्ग्रा ल्याउने तयारी गरिएको केन्द्रले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार