• २०८३ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

विश्व राजनीतिमा हस्तक्षेपको शैली बदलिएको छ : केपी शर्मा ओली

विश्व राजनीतिमा हस्तक्षेपको शैली बदलिएको छ : केपी शर्मा ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व राजनीतिमा शोषण, नियन्त्रण र हस्तक्षेपको शैलीमा असाधारण परिवर्तन आएको बताएका छन् । पार्टी निकट नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालको वेबसाइट सार्वजनिक कार्यक्रममा बिहीबार सम्बोधन गर्दै उनले लोकतन्त्रका जनक र रक्षक दाबी गर्ने शक्तिहरूले नै अलोकतान्त्रिक तरिकाबाट सत्ता परिवर्तन गराउने गरेको आरोप लगाए । ओलीले विभिन्न देशमा सरकार उल्टाउने, हटाउने र नयाँ सरकार स्थापना गर्ने गतिविधि भइरहेको उल्लेख गर्दै यस्ता घटनाबारे गहन अनुसन्धान हुनुपर्ने बताए । यसको सिकार नेपाल मात्र नभई अन्य देशहरू पनि भइरहेको उनको भनाइ थियो । उनले रातारात कुनै व्यक्तिलाई लोकप्रिय बनाउने र लोकप्रिय व्यक्तिलाई अलोकप्रिय बनाउने प्रवृत्ति खतरनाक रहेको टिप्पणी गर्दै यस्तो प्रवृत्तिले विश्व व्यवस्था नै कमजोर बनाएको बताए । विश्व व्यवस्था ध्वस्त हुँदा नेपालजस्ता देशले सबैभन्दा बढी क्षति व्यहोर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार