• २०८३ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

सुदूरपश्चिमले पोखराविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

सुदूरपश्चिमले पोखराविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

सुदूरपश्चिम रोयल्स आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो। पहिलो खेल खेल्न लागेको पोखरा एभेन्जर्स भने यस खेलबाट प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार