काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्यहरू विनिता खड्का, सन्तोष चालिसे, मोहन बस्नेत र उमेशचन्द्र यादवले शपथ लिन नपाउने भएका छन्। अदालतमा उनीहरूविरुद्धका मुद्दा विचाराधीन रहेकाले शपथ नगराउने निर्णय गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। बिहीबार पार्टी कार्यालय सानेपामा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आयोजना हुँदैछ। तर, अदालतमा मुद्दा विचाराधीन रहेकै कारण चार जनालाई भने शपथ ग्रहण कार्यक्रममा सहभागी गराएर शपथ नगराउने निर्णय गरिएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ।