• २०८३ कार्तिक १३ गते बिहिवार
  • Preeti To Unicode

एनपीएलमा वर्षा, विराटनगर र कर्णालीबीचको खेल प्रभावित हुने सम्भावना

एनपीएलमा वर्षा, विराटनगर र कर्णालीबीचको खेल प्रभावित हुने सम्भावना

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिवि क्रिकेट मैदानमा वर्षा सुरु भएको छ। काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीचको आजको पहिलो खेल सकिएलगत्तै मैदानमा छिटपुट वर्षा हुन थालेको हो।

वर्षा सुरु भएसँगै मैदानलाई त्रिपालले ढाकेर सुरक्षित राखिएको छ। आजै साँझ विराटनगर किंग्स र कर्णाली याक्सबीच अर्को खेल हुने तालिका रहेको छ।

उक्त खेलअघि काठमाडौंको आकाश बादलले ढाकिएको छ भने मैदानमा अँध्यारो बढ्न थालेपछि फ्लडलाइटसमेत बालिएको छ। वर्षा जारी रहेमा विराटनगर किंग्स र कर्णाली याक्सबीचको खेल प्रभावित हुन सक्ने सम्भावना छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार