• २०८३ बैशाख ८ गते मङ्गलवार
  • Preeti To Unicode

सत्य निरूपण आयोगको अध्यक्ष तथा सदस्यका लागि आवेदन आह्वान


 

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्तिका लागि नाम सिफारिस गर्न गठित उच्चस्तरीय समितिले दुवै आयोगको लागि अध्यक्ष तथा सदस्य पदका लागि आवेदन आह्वान गरेको छ ।

समितिको सचिवालयले आज एक सूचना जारी गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस सम्बन्धी छनोट प्रक्रिया, २०८१ आयोगको अध्यक्ष वा सदस्यको पदमा नियुक्तिका लागि इच्छुक व्यक्तिले सो प्रक्रियाको अनुसूची बमोजिमको ढाँचामा आवेदन फाराम भरी यो सूचना प्रकाशन भएको मितिले सात दिनभित्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरवार, काठमाडौँमा रहेको सिफारिस समितिको सचिवालयमा पेस गर्न अनुरोध गरेको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार