भूपदेव शाह बने रास्वपाको महामन्त्री

भूपदेव शाह बने रास्वपाको महामन्त्री

 काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री नियुक्त गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झा ले जानकारी दिए ।

शाह यसअघि पार्टीका केन्द्रीय सदस्य थिए । बालेन शाह नेतृत्वको काठमाडौँ महानगरपालिकामा उनले प्रमुख स्वकीय सचिवका रूपमा काम गरेका थिए र बालेनका निकट सहयोगीका रूपमा चिनिन्छन् ।

पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा शाह अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । तर, उनी उक्त निर्वाचनमा पराजित भएका थिए ।

प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार