काठमाडौँ- सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा बयान प्रक्रिया चलिरहेको छ। पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित तीनजनाको बयान सकिएको छ। हाल रामबहादुर खनालको बयान लिने काम जारी छ।
सहकारीले सदस्यहरूको रकम अनियमित रूपमा प्रयोग गरेको आरोपमा मुद्दा दायर गरिएको हो। यो प्रकरणले सहकारी संस्थाहरूको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।