‘लजाउने हैछौनि’ सार्वजनिक : शान्ति श्री परियार र गौरव गिरीको स्वर, प्रेम र वियोगको कथा भिडियोमा


काठमाडौं – शान्ति श्री परियार र गौरव गिरीको स्वरमा सजिएको नयाँ गीत ‘लजाउने हैछौनि’ सार्वजनिक गरिएको छ। प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको यो गीतले दर्शकको ध्यान तान्न थालेको छ।

गीतको शब्द गायक गौरव गिरीले आफैं लेखेका हुन् भने संगीत रोहित देउवाको रहेको छ। एरेन्ज विसम आचार्यले गरेका छन्। गीतको भिडियोमा सुदूरपश्चिमकी चर्चित मोडल मिस पवीको मुख्य अभिनय देख्न सकिन्छ। उनलाई दीपा शाही र राजेश नाथले साथ दिएका छन्।

भिडियोको निर्देशन गायक गौरव गिरीले नै गरेका छन्। कोरियोग्राफी सन्जु चौधरीले, छायांकन उत्तम हुमागाईँले, सम्पादन फाइनल पिक्सल नेपालले, र कलर श्याम कुँवरले गरेका हुन्। भिडियोको छायाङ्कन नुवाकोटका रमणीय स्थानहरूमा गरिएको हो।

गीतले संगीतप्रेमीहरूबीच राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार