कर्णाली प्रदेशको खेलकुद विकास परिषद्को सदस्य सचिवमा रविन्द्र चन्द नियुक्त

कर्णाली प्रदेशको खेलकुद विकास परिषद्को सदस्य सचिवमा रविन्द्र चन्द नियुक्त

सुर्खेत — कर्णाली प्रदेश सरकारले रविन्द्र चन्दलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त गरेको छ। बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई सदस्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

सदस्य–सचिव छनोट समितिले गत माघ ३ गते अन्तर्वार्ता लिई तीन जनाको नाम सिफारिस गरेको थियो — रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमाल। मूल्यांकनमा चन्दले ६७.१७ अंक, दीपक हमालले ६०.६३, र प्रमोद हमालले ५२.३७ अंक प्राप्त गरेका थिए। प्रारम्भमा २१ जनाले आवेदन दिएका थिए, जसबाट १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो।

सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले चन्दको नियुक्ति पुष्टि गरे।

प्रकाशित मिति : २०८२ चैत्र १२ गते बिहिवार