• २०८३ जेष्ठ १ गते शुक्रवार
  • Preeti To Unicode

राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत

राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको छ । यसअघि एमाले अध्यक्ष KP Sharma Oli प्रधानमन्त्री हुँदा उक्त विभागलाई गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याइएको थियो । पछि जेनजी आन्दोलनपछि गठन भएको Sushila Karki नेतृत्वको सरकारले विभागलाई पुनः गृह मन्त्रालयमै फर्काएको थियो ।

२१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि झण्डै दुई तिहाइ बहुमतसहित सरकार गठन गरेका रास्वपाका संसदीय दलका नेता Balen Shah प्रधानमन्त्री बनेपछि गुप्तचर निकायलाई फेरि प्रधानमन्त्री कार्यालय मातहत राखिएको हो । सरकारले १५ चैतमा सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र २०८२’ मा समेत गुप्तचर निकायलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्न सुझाव दिइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्की संयोजकत्वको समितिले तयार पारेको उक्त मार्गचित्रमा विभागलाई पटक–पटक मन्त्रालय परिवर्तन नगरी प्रधानमन्त्री कार्यालय मातहत राखेर स्थायित्व दिनुपर्ने उल्लेख गरिएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोही सुझावअनुसार अहिले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको हो ।

प्रकाशित मिति : २०८३ जेष्ठ १ गते शुक्रवार