• २०८३ जेष्ठ १ गते शुक्रवार
  • Preeti To Unicode

अख्तियार प्रमुखसहित उच्च पदस्थलाई धम्क्याउने पाठकलाई थुनामा पठाउन आदेश

अख्तियार प्रमुखसहित उच्च पदस्थलाई धम्क्याउने पाठकलाई थुनामा पठाउन आदेश

काठमाडौं: जिल्ला अदालत काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० उच्च पदस्थ व्यक्तिलाई धम्की दिने आरोपमा परेका प्रकाश पाठकलाई थुनामा राख्न आदेश दिएको छ।

न्यायाधीश सुदर्शन लामिछानेको इजलासले आरोप, उपलब्ध प्रमाण र घटनाको गम्भीरतालाई ध्यानमा राख्दै उनलाई थुनामा राख्न आवश्यक रहेको ठहर गरेको हो। पाठकमाथि आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी र विद्युतीय कारोबारसम्बन्धी कसुरको आरोप छ।

प्रहरीले उनलाई फिलिपिन्सबाट पक्राउ गरी काठमाडौं ल्याएको हो। यसमा इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वय रहेको थियो।

उनीसहित नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्ध पनि प्रहरीले मुद्दा दर्ता गरेको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ १ गते शुक्रवार