सुन–चाँदीको भाउमा बढोत्तरी, सुन तोलामा ५ हजार रुपैयाँले महँगो

सुन–चाँदीको भाउमा बढोत्तरी, सुन तोलामा ५ हजार रुपैयाँले महँगो

काठमाडौं। आइतबार सुनको भाउमा प्रतितोला ५ हजार रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ २,८६,००० रुपैयाँ प्रतितोला पुगेको छ, जुन अघिल्लो दिनको २,८१,००० रुपैयाँको भाउभन्दा बढी हो। समग्रमा विगत एक सातामा सुनको भाउ ४ हजार रुपैयाँले बढेको छ।

त्यस्तै, चाँदीको भाउ पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ४,६७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४,७२० रुपैयाँमा पुगेको छ। गत आइतबार चाँदीको भाउ ४,५४० रुपैयाँ प्रतितोला थियो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार