रास्वपाको सचिवालय बैठक आज, संगठनात्मक र राजनीतिक एजेन्डामा छलफल हुने

रास्वपाको सचिवालय बैठक आज, संगठनात्मक र राजनीतिक एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज साँझ ८ बजे सचिवालय बैठक बोलाएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक भर्चुअल माध्यमबाट बस्नेछ। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग तथा विभिन्न विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाहीलगायतका विषयमा छलफल हुने छ। साथै प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन तथा संघीय सांसदहरूको पार्टी जिम्मेवारीबारे पनि बैठकमा विचार–विमर्श गरिने जनाइएको छ। त्यस्तै जिल्ला अधिवेशन कार्यविधिमा संशोधन, प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवारलाई एक तह माथिको अधिवेशनमा प्रतिनिधित्व गराउने व्यवस्था तथा सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभई माथिल्लो तहको अधिवेशनमा प्रतिनिधि हुने विषयमा समेत छलफल हुने महामन्त्री बुर्लाकोटीले बताएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार