भक्तपुरमा बिस्काः जात्राको तयारी तीव्र, भैरवनाथको रथ निर्माण जारी

भक्तपुरमा बिस्काः जात्राको तयारी तीव्र, भैरवनाथको रथ निर्माण जारी

काठमाडौँ उपत्यकाको ऐतिहासिक शहर भक्तपुर मा मनाइने प्रसिद्ध बिस्काः जात्रा को तयारी तीव्र रूपमा अघि बढिरहेको छ। जात्राका लागि श्रीभैरवनाथ को करिब ३५ फिट अग्लो, तीन तले काठको प्यागोडा शैलीको रथ निर्माण कार्य धमाधम भइरहेको छ, जसमा स्थानीय कालिगडहरू तान्त्रिक विधिअनुसार खटिएका छन्। ८ रात ९ दिनसम्म मनाइने यो जात्रा काठमाडौँ उपत्यकाको पुरानो तथा महत्वपूर्ण सांस्कृतिक परम्परामध्ये एक हो। जात्राको पहिलो दिन चैत २७ गते श्रीभद्रकाली सहित श्रीभैरवनाथको रथ तानेर जात्राको विधिवत् सुरुवात गरिन्छ।

प्रकाशित मिति : २०८२ चैत्र १९ गते बिहिवार