नेप्से ८३ अंकले बढ्यो, बजारमा सुधारको संकेत

नेप्से ८३ अंकले बढ्यो, बजारमा सुधारको संकेत

काठमाडौं – सोमबार सेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६० मा पुगेको छ। दिउँसो उच्चतम बिन्दु २७७५ अंकमा पुगेको थियो।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजार सुधार र पारदर्शिताका लागि सरकार काम गर्दैछ भनी आश्वासन दिएका छन्, जसले लगानीकर्तामा विश्वास बढाएको छ।

आजको कारोबार रकम रु १० अर्ब ९२ करोड पुगेको छ, अघिल्लो दिनको १२ अर्ब ३८ करोडको तुलनामा केही घटेको छ। २६४ कम्पनीको मूल्य बढेको छ भने ४ को घटेको छ।

समूहगत रुपमा सबै सूचक बढेका छन्। हाइड्रोपावर समूह ४.५९% ले सर्वाधिक वृद्धि भएको छ। फाइनान्स ४.०३%, बैंकिङ ३.१८%, विकास बैंक ३.६३%, होटल/पर्यटन ३.२४% र जीवन बीमा २.६६% ले बढेका छन्।

उच्च वृद्धि भएका कम्पनीहरू मा उपकार लघुवित्त, रिडी पावर, नेसनल हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट छन्। कर्पोरेट डेभलपमेन्ट बैंक ९.८८%, शिवश्री हाइड्रोपावर ९.५५% र हिमाल दोलखा हाइड्रोपावर ९.१८% ले मूल्य बढाएका छन्।

अघिल्लो दिन १०% बढेको रिलायन्स स्पिनिङ मिल्स मा आज बिक्री चाप बढेर मूल्य १.६०% घटेको छ। आज धेरै कारोबार भएका कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर र रिडी पावर रहेका छन्।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार