नेप्से परिसूचक २७५७ अंकमा, बजार सामान्य अंकले घट्यो

नेप्से परिसूचक २७५७ अंकमा, बजार सामान्य अंकले घट्यो

काठमाडौं। मंगलबार काठमाडौं सेयर बजार सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७ अंकमा पुगेको छ। अघिल्लो दिन बजार ८३ अंकले बढेको थियो। सुरुवाती कारोबारका क्रममा नेप्से २७९२ अंकसम्म पुगेको भए पनि ११:५० बजेपछि केही तल झर्‍यो।

आजको कारोबार रकम ६ अर्ब ७३ करोड पुगेको छ, जुन अघिल्लो दिनको १० अर्ब ९२ करोडको कारोबारभन्दा कम हो। ८२ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो र १२ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत सूचकमा होटल तथा पर्यटन समूह १.०८ प्रतिशतले सबैभन्दा धेरै बढेको छ भने व्यापार समूह १.८८ प्रतिशतले सबैभन्दा धेरै घटेको छ। हाइड्रोपावर ०.१५, अन्य ०.७१ र बैंकिङ ०.०४ प्रतिशतले बढेका छन्। निर्जीवन बीमा ०.३३, माइक्रोफाइनान्स ०.१९, उत्पादन तथा प्रशोधन ०.०५, जीवन बीमा ०.४५, विकास बैंक ०.६२, फाइनान्स ०.४१ र लगानी ०.४६ प्रतिशतले घटेका छन्।

आज ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। उच्च वृद्धि भएको कम्पनीमा भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन रहेका छन्। त्रिशुली जलविद्युतको मूल्य ८.६३ प्रतिशतले बढेको छ।

झापा इनर्जीको मूल्य ३.९६ प्रतिशतले सबैभन्दा धेरै घटेको छ। आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, एसवाई प्यानल र नेसनल हाइड्रोपावर छन्।

प्रकाशित मिति : २०८२ चैत्र २४ गते मङ्गलवार