काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख तथा नेकपा नेता क्रिश्नबहादुर महराविरुद्ध विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारका कर्मचारीहरूले मुद्दा दायर गर्न विशेष अदालतमा फाइल बुझाएका छन्। हाल अदालतमा मुद्दाको विवरण रुजु गर्ने प्रक्रिया जारी छ।
महरा र उनका छोरा राहुलसँग सम्बन्धित चिनियाँ नागरिकहरूसँगको कारोबार अनुसन्धान गर्दा उजागर भएको थियो। चीन–नेपाल तस्करी गिरोहले २०७९ सालमा भेपको आवरणमा सुन नेपाल भित्र्याउने प्रयास गर्दा भन्सारले पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा महरा र उनका छोरा यस प्रकरणमा संलग्न भएको तथ्यहरू भेटिएका थिए।
हालसम्म अख्तियारले महरा र उनका छोरा माथि लागेको आरोप र बिगोका विशेष विवरण सार्वजनिक गरेको छैन।