सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हबलदारको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल राजविराज कार्यालयका अनुसार बारा जिल्लाको पचरोता नगरपालिका–८ अमरपटी घर भएका ३५ वर्षीय प्रहरी हबलदार जितेन्द्र यादवको मृत्यु भएको हो । बोदेबर्साइन नगरपालिका–५ स्थित सशस्त्र प्रहरी क्याम्पमा कार्यरत यादव बिहान शौचालय जाने क्रममा एक्कासी लडेका थिए । उनलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लैजाने तयारी भए पनि घटनास्थलमै मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।