कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्विरोध चयन

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्विरोध चयन

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्विरोध निर्वाचित भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको हो ।

संसदीय दलको बैठकमा आङदेम्बे निर्विरोध निर्वाचित भएको जानकारी कांग्रेसका सहमहामन्त्री तथा संसदीय दल निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले दिएका छन् । लामो समयदेखि जारी आन्तरिक रस्साकस्सीपछि अन्ततः सहमतिमै आङदेम्बेलाई नेतृत्व सुम्पिएको हो ।

यसअघि उक्त पदका लागि अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गर्दै आएका थिए । उनीहरूबीच सहमति जुट्न नसक्दा प्रक्रिया लम्बिँदै गएको थियो । तर सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सहमति जुटाएपछि आङदेम्बे निर्विरोध चयन भएका हुन् ।

प्रकाशित मिति : २०८३ बैशाख १४ गते सोमवार