स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौँ । सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा लागू भएपछि स्वास्थ्य सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले वैकल्पिक व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई आइतबारको हकमा आफ्नो कार्यबोझ र जनशक्तिका आधारमा बहिरङ्ग सेवा (OPD) सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका अनुसार सेवा सञ्चालन गर्दा कर्मचारीलाई शनिबार बाहेक अर्को एक दिन थप बिदा दिने व्यवस्था मिलाउनुपर्नेछ । यदि सो अनुसार बिदा दिन सम्भव नभएमा सट्टा बिदा (compensatory leave) दिएर भए पनि सेवा प्रवाह निरन्तर राख्न भनिएको छ । साथै, प्रादेशिक अस्पताल तथा सातै प्रदेशका स्वास्थ्यसम्बन्धी निकायलाई पनि सोही व्यवस्था लागू गर्न संघीय स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २७ गते शुक्रवार