नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिएका छन्, जसलाई प्रधानमन्त्री शाहले स्वीकार गरिसकेका छन् । तर भ्रमणको मिति भने दुवै पक्षबीच आवश्यक प्राविधिक र राजनीतिक तयारी पूरा भएपछि मात्र तय गरिनेछ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार यस भ्रमणलाई औपचारिकतामा सीमित नराखी परिणाममुखी बनाउने लक्ष्य राखिएको छ । यसै क्रममा खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबीच भएको भेटवार्तामा चलिरहेका परियोजनाको समीक्षा गर्दै नयाँ सहकार्यका क्षेत्र पहिचान गर्ने र दुवै देशका प्राथमिकताअनुसार कार्यक्रम तय गर्ने सहमति भएको छ । नेपाल र भारतबीच सुरक्षा, जलस्रोत, सीमा व्यवस्थापन, व्यापार, वाणिज्य र कृषिलगायतका क्षेत्रमा करिब तीन दर्जन संयन्त्र सक्रिय वा निष्क्रिय अवस्थामा रहेका छन्, जसलाई प्रभावकारी बनाउँदै ठोस उपलब्धि हासिल गर्ने उद्देश्यले आगामी भ्रमणको तयारी भइरहेको छ ।