काठमाडौँ । अस्पतालहरूमा आइतबार पनि अन्तरङ्ग तथा आकस्मिक सेवाहरू २४ सै घण्टा सञ्चालन हुने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘हप्तामा दुई दिन बिदा’को नीति अनुरूप आइतबारका पूर्वनिर्धारित शल्यक्रियालगायत सेवाहरू बिरामीको सहजता हेरी पुनः तालिका मिलाइने र अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालनमा राखिने जनाएको हो । साथै, बिदाका दिनमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भन्ने उद्देश्यले अस्पतालहरूलाई सम्भव भएसम्मका सेवा उपलब्ध गराउन, उपलब्ध नभएका सेवाका लागि नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न तथा एम्बुलेन्सहरू तयारी अवस्थामा राख्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।