• २०८३ बैशाख ८ गते मङ्गलवार
  • Preeti To Unicode

लेबनान र इजरायलबीच १० दिने युद्धविराम सुरू

लेबनान र इजरायलबीच १० दिने युद्धविराम सुरू

काठमाडौं — लेबनान र इजरायलबीच १० दिने युद्धविराम लागू भएको छ। नेपाली समयअनुसार शुक्रबार बिहान २:४५ बजेदेखि युद्धविराम सुरु भएको हो।

युद्धविराम लागू हुनुअघि पनि केही घण्टासम्म हिजबुल्लाह र इजरायलबीच सीमा क्षेत्रमा आक्रमणहरू जारी रहेका थिए।

अमेरिकी मध्यस्थतामा भएको युद्धविरामको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। उनले हिजबुल्लाहले युद्धविरामको पूर्ण पालना गर्ने अपेक्षा व्यक्त गरेका छन्।

लेबनानका राष्ट्रपति जोसेफ औन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामको स्वागत गरेका छन्।

सम्झौताअनुसार हिजबुल्लाहलाई समेत युद्धविराममा समावेश गरिएको छ। यस अवधिमा इजरायली सेना दक्षिण लेबनानमा रहेको सुरक्षा क्षेत्रबाट करिब १० किलोमिटर टाढा रहने बताइएको छ।

प्रकाशित मिति : २०८३ बैशाख ४ गते शुक्रवार