काठमाडौँ । पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनको पार्टी प्रवेश घोषणा गरिएको हो । बिहीबार राजधानीमा भएको दुईपक्षीय वार्तापछि किरातीसहित उनी निकट नेताहरू श्रम संस्कृति पार्टीमा आबद्ध हुने सहमति भएको बताइएको छ ।