जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–९ फुटबल ग्राउन्ड नजिकै पूर्व–पश्चिम राजमार्गमा बस–बस ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् । आज बिहान काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशाबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२३७ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ठक्करपछि दुवै बस पल्टिँदा बसमा सवार ३३ यात्रुमध्ये १७ जना घाइते भएका हुन् । घाइते यात्रुहरूलाई उपचारका लागि मोडेल अस्पताल लालगढ, धनुषामा पठाइएको प्रहरीले जनाएको छ । बा.प्र.०१–००६ ख ५२३७ नम्बरको बस प्रहरी चौकी लालगढको नियन्त्रणमा राखिएको छ भने प्र १–०१–००१ ख ४२२४ नम्बरको बसमा ठूलो क्षति नभएकाले गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।