पोखराको बाग्लुङ बसपार्कमा ग्याङ फाइट, ६ जना पक्राउ

पोखराको बाग्लुङ बसपार्कमा ग्याङ फाइट, ६ जना पक्राउ

पोखरा । पोखराको बाग्लुङ बसपार्क क्षेत्रमा ग्याङ फाइट भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखराको बाँझपाटन बस्ने २७ वर्षीय सुजन आले मगर, २३ वर्षीय राजेश परियार, गोरखा घर भई पोखरा बस्ने ३० वर्षीय दिलेराम गुरुङ, नुवाकोट घर भई पोखरा बस्ने १८ वर्षीय सुजन तामाङ, २५ वर्षीय राजकुमार तामाङ र पोखराकै २० वर्षीया लिजा पुन रहेका छन् ।

प्रहरीका अनुसार २२ वैशाख राति करिब साढे ९ बजे बाग्लुङ बसपार्क क्षेत्रमा उनीहरूबीच झडप भएको थियो । घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरी संलग्नहरूलाई नियन्त्रणमा लिएको हो ।

कास्कीका डीएसपी हरि बस्नेतका अनुसार प्रारम्भिक अनुसन्धानमा झडपको कारण लागुऔषधसम्बन्धी विवाद रहेको खुलेको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार