नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन्। उनले कुल ५६ मत पाउँदा, प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत पाए।
कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन्। प्रधानले ६१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी अम्बिका पौडेलले २५ मत पाएका छन्, महासंघ निर्वाचन समितिले जनाएको छ।