काठमाडौं । संघीय संसद् भवन मा निर्माण गरिएको नयाँ स्थायी संसद् भवन तयार भएको छ । आधुनिक डिजाइनसहित निर्माण गरिएको भवनको भित्री सजावट तथा प्राविधिक काम सम्पन्न भएपछि अब संसद् बैठक सञ्चालनका लागि पूर्ण रूपमा तयारी अवस्थामा पुगेको हो ।
नयाँ बैठक कक्ष आकर्षक नीलो रङले सजाइएको छ । हलभित्रका पर्दा, भित्ताहरू, कार्पेट तथा सोफाहरू समेत नीलो रङमै मिलाइएका छन् ।
यसअघि संघीय संसद् भवन मा रहेको संसद् भवन गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेपछि संसद् बैठक अस्थायी रूपमा सिंहदरबारस्थित हलमा सञ्चालन हुँदै आएको थियो ।
अब सिंहदरबारमै निर्माण गरिएको नयाँ स्थायी हलबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरिएको छ ।