• २०८३ जेष्ठ १२ गते मङ्गलवार
  • Preeti To Unicode

प्रधानमन्त्री उपस्थित गराउन सभामुखको इन्कार, विरोधकै बीच संसद् बैठक अघि बढ्यो

प्रधानमन्त्री उपस्थित गराउन सभामुखको इन्कार, विरोधकै बीच संसद् बैठक अघि बढ्यो

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल ले प्रधानमन्त्री बालेन शाह लाई संसद्मा उपस्थित गराउन रुलिङ गर्न इन्कार गरेका छन् । विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुखले रुलिङ गर्नुपर्ने माग राखिरहेका बेला सभामुख अर्यालले सांसदहरूको यस्तो चाहना ‘नेचुरल’ प्रक्रिया भएको बताएका हुन् । उनले प्रधानमन्त्री संसद्मा आउने मिति तय हुनेबित्तिकै जानकारी गराइने स्पष्ट पारे । तर विपक्षी दलहरूले सभामुखको भनाइ मानेनन् र अवरोध जारी राखे । त्यसपछि सभामुखले विरोधकै बीच बैठक अगाडि बढाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल लाई पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए । विरोधकै बीच विधेयकमाथिको छलफल अघि बढाइएको छ । यसक्रममा अशोक कुमार चौधरी ले संसद्लाई विरोधको थलो बनाउन नहुने भन्दै विपक्षी दलप्रति कटाक्ष समेत गरेका छन् ।

प्रकाशित मिति : २०८३ जेष्ठ १२ गते मङ्गलवार