दीपेन्द्रसिंह ऐरीले नेपाली क्रिकेटमा इतिहास रच्दै १००औं टी-२०आई खेल पूरा गरे

दीपेन्द्रसिंह ऐरीले नेपाली क्रिकेटमा इतिहास रच्दै १००औं टी-२०आई खेल पूरा गरे

काठमाडौं, २५ जेठ – नेपाली टी-२०आई कप्तान दीपेन्द्रसिंह ऐरीले टी-२०आई क्रिकेटमा १००औं खेल पुरा गरेका छन्। यस उपलब्धि उनले एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा हङकङसँगको खेलमा हासिल गरेका हुन्। दीपेन्द्र टी-२०आईमा १०० खेल पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

दीपेन्द्रले सन् २०१८ मा नेदरल्यान्ड्ससँगको खेलबाट नेपालको लागि टी-२०आई डेब्यू गरेका थिए। १०० खेलमा उनले २२१३ रन (१ शतक, १२ अर्धशतक) र ६२ विकेट हात पारेका छन्। हाल उनी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा छन्।

उनका कीर्तिमानहरू पनि उल्लेखनीय छन्। उनले ९ बलमै ५० रन बनाउने र एकै ओभरमा ६ छक्का प्रहार गर्ने कीर्तिमान राखेका छन्। सन् २०२३ मा चीनमा भएको एसियन गेम्समा उनले ९ बलमा ५० रन बनाउँदै सबैभन्दा छिटो अर्धशतक बनाएका थिए। सन् २०२४ को एसीसी प्रिमियर कपमा कतारविरुद्ध अन्तिम ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार