काठमाडौं, २५ जेठ – सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन साताको बिदापछि सोमबार अदालतमा फर्किएकी छन्। न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएको दिनदेखि उनी बिदामा थिइन्। सोमबार उनका दुईवटा इजलासको जिम्मेवारी तोकिएको छ, जसमा पहिले एकल इजलास र त्यसपछि न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा मुद्दाहरूको सुनुवाइ हुने छ। प्रधानन्यायाधीशको नियुक्तिपछि न्यायपालिकाभित्र देखिएको चासोको बीचमा उनको पुनरागमनलाई विशेष ध्यानका साथ हेरिएको छ।