ढाकाको झोलामा बजेट बोकेर प्रदेशसभा पुगे मन्त्री लिङ्थेप

ढाकाको झोलामा बजेट बोकेर प्रदेशसभा पुगे मन्त्री लिङ्थेप

विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्न स्थानीय पहिचान झल्किने ढाकाको झोला बोकेर प्रदेशसभा सचिवालय पुगेका छन् । परम्परागत ब्रिफकेसको सट्टा नेपाली मौलिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले उनले ढाकाको झोलामा बजेट वक्तव्य लिएर आएका हुन् । प्रदेशसभा बैठकमा मन्त्री लिङ्थेपले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नेछन् । प्रदेश सरकारले कृषि, पर्यटन र भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट ल्याउने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार