रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग फिर्ता लिन अदालतको अनुमति

रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग फिर्ता लिन अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले दायर गरेको अभियोगपत्र संशोधनको निवेदन स्वीकार गर्दै संगठित अपराधसम्बन्धी कसुर हटाउन आदेश दिएको हो। सुमन खनाललगायतको जाहेरीका आधारमा दर्ता भएको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सरकारी वकिल कार्यालयले अभियोगपत्र संशोधनको निवेदन दिएको थियो। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीमाथि लगाइएको संगठित अपराधसम्बन्धी अभियोग हटाउन आदेश जारी गरेको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार