• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

विष्णु पौडेलको पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइको माग

विष्णु पौडेलको पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउलाई गैरन्यायिक भएको निष्कर्ष निकाल्दै तत्काल रिहाइको माग गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको एमाले स्रोतले जनाएको छ। बैठकले पौडेलको गिरफ्तारीलाई गैरन्यायिक ठहर गर्दै तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको हो। उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो भने हाल उनलाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार