• २०८३ असोज १६ गते शुक्रवार
  • Preeti To Unicode

कैलालीमा च्याउ टिप्न गएका ४० वर्षीय चौधरीको बाघको आक्रमणबाट मृत्यु

कैलालीमा च्याउ टिप्न गएका ४० वर्षीय चौधरीको बाघको आक्रमणबाट मृत्यु

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–६, मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाको चरीडाँडा निवासी ४० वर्षीय कृष्ण चौधरी रहेका छन्। प्रहरीका अनुसार चौधरी शुक्रबार बिहान करिब ५ बजे च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा बाघले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे बिहान ८:०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी प्राप्त भएपछि प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली बिहान ८:४५ बजे घटनास्थल पुगेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब १३ किलोमिटर दक्षिण–पश्चिममा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार