• २०८३ असोज १६ गते शुक्रवार
  • Preeti To Unicode

प्रतिनिधि सभाको चालु अधिवेशन सम्पन्न, जलवायु परिवर्तनका मुद्दा प्राथमिकतामा

प्रतिनिधि सभाको चालु अधिवेशन सम्पन्न, जलवायु परिवर्तनका मुद्दा प्राथमिकतामा

काठमाडौँ । प्रतिनिधि सभाको चालु अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ। अधिवेशन समापनका अवसरमा बैठकलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माणमा सांसदहरूले देखाएको सक्रियता, संसदीय मर्यादा तथा सत्तापक्ष र प्रतिपक्षबीचको सहकार्यको प्रशंसा गरे। उनले संसद् केवल बहुमतका आधारमा निर्णय गर्ने थलो नभई जनमुखी बहस र संवादको मञ्च भएको बताए। युवा सांसदहरूको अध्ययनशीलता र परिपक्वतासँगै अनुभवी सदस्यहरूको अनुभवको संयोजनले संसद्लाई थप प्रभावकारी बनाएको उनको भनाइ थियो। सभामुख अर्यालले जलवायु परिवर्तनलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै आफ्नो नेतृत्वमा जाने प्रतिनिधिमण्डलले तान्जानियामा आयोजना हुने अन्तर-संसदीय सङ्घ (आईपीयू) को महासभामा नेपालको तर्फबाट हिमाली मुलुकका चुनौती तथा जलवायु वित्तका विषयलाई सशक्त रूपमा उठाउने जानकारीसमेत दिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार