१६ असोज, काठमाडौं । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक शुक्रबार सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको बैठकको समापन समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले यस वर्ष भएका विभिन्न विपद्का घटनामा नेपाली सेनाका सकलदर्जाले गरेको खोज तथा उद्धार कार्यको प्रशंसा गरे। उनले खोज तथा उद्धारमा सकलदर्जाले देखाएको उच्च पेसागत दक्षता, व्यावसायिकता तथा उदाहरणीय कार्यका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिए। सैनिक मुख्यालय जंगी अड्डाका अनुसार बैठकमा सम्पादित कार्यहरूको समीक्षा, वर्तमान परिस्थितिको विश्लेषण, विपद् प्रतिकार्य तथा समसामयिक विषयमा छलफल गरिएको थियो।