अब्दुल सत्तारद्वारा मुस्लिमतर्फ सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

अब्दुल सत्तारद्वारा मुस्लिमतर्फ सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीको १५औँ महाधिवेशनमा मुस्लिमतर्फको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। कुपण्डोलमा आयोजित पत्रकार सम्मेलनमार्फत सत्तारले उम्मेदवारी घोषणा गर्दै पार्टी नेतृत्वसँगको सरसल्लाहपछि आफूले चुनावी तयारी अघि बढाएको बताए। नेपाल मुस्लिम संघका संस्थापक अध्यक्षसमेत रहेका सत्तारले १५ वर्षसम्म संघको नेतृत्व गरेका थिए। उनी १२औँ महाधिवेशनदेखि महाधिवेशन तथा महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय रहँदै आएका छन्। १४औँ महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका सत्तार गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्य बनेका थिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार