कांग्रेस महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल खुलामञ्च पुगे

कांग्रेस महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल खुलामञ्च पुगे

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल काठमाडौँको खुलामञ्च पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली उद्घाटन समारोहमा सहभागी नभएपछि पोखरेल प्रतिनिधिका रूपमा खुलामञ्च पुगेका हुन्। कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह अहिले खुलामञ्चमा भइरहेको छ। समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू खुलामञ्च पुगेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार