जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथ तलाउ पोखरीमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको छ। स्थानीयले आज बिहान करिब ९ः४५ बजे पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले शव पोखरीबाट निकालेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।