काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले पार्टीको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर भुसालले महिला समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।