काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर शर्माले खुला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनले पार्टीको नेतृत्व तहमा आफ्नो दाबी प्रस्तुत गर्दै महामन्त्री पदका लागि मनोनयन दर्ता गराएका छन्।